अर्जुनधारामा डकर्मीहरुका लागि सीप अभिबृद्धि

0
1026

अर्जुनधारा ।


अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखीमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी ९डकर्मी०हरुका लागि सीप अभिबृद्धि गराउने उदेश्यले अर्जुनधारा नगरपालिकाले निःशुल्क तालीम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजना र डाउनहिल कन्सटक्सन एण्ड डिजाइनर्स प्रा।लि बिर्तामोड–४ को प्राविधिक सहयोगमा सातदिवसीय डकर्मीका लागि तालीम सञ्चालन गर्दै बुधबार सम्पन्न गरेको हो । नगरमा क्रियाशिल डकर्मीहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाइले जानकारी दिए ।

तालिमको समापन गर्दै नगर प्रमुख रानाले अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले आफूले प्राप्त गरेको ज्ञानसिप सर्वसाधारण नागरिक र सार्वजनिक स्थानमा केन्द्रित गरी सबैको हितमा राखेँर काम गर्ने सुझाव दिए, बाहिरका कामदार भित्रिने कुरालाई इङित गर्दै मुखको रोटि थुत्नेलाई डकर्मीले अब जानुपर्ने बताए ।’ प्रमुख रानाले भने– डकर्मीहरुको मेडिकल इन्सुरेन्स र लाइफ इन्सुरेन्स शर्तको रुपमा अनिवार्य पहिलो पालना गर्नुपर्नेमा जोड दिए । आफ्नो–आफ्नो संस्कार जहाँ भएपनि समाजमा खल्लबल पु¥याउने क्रियाकलाप त्यागेँर सकरात्मक सोच र स्वास्थ्य हुने व्यवहार गर्ने उनले सुझाव दिएका थिए ।

तालिमका संयोजक अर्जुन घिमिरेले नेपालमा भूकम्पको कारणबारे सहभागिहरुलाई जानकारी गराएका थिए । तालिममा सहभागिता जनाएकाले तालिम लिइसकेपछि आफनो ३५ प्रतिशत इस्कोर प्रगति गरेको प्रगति गरेको उनले दाबी गरेँ ।

नगरमा डकर्मीको आवेदन आह्वान गरी मुख्य पेशा बनाएका डकर्मीको छनोट गरी तालीममा सहभागी गराइएको थियो । चैत्र २८ गतेबाट तालीम शुरू भई २०७६ बैशाख ४ गते सम्पन्न भएको हो । भूकम्प प्रतिरोधी भवन निर्माण डकर्मीहरुलाई ३५ जनालाई तालीम दिएर दक्ष बनाइएको नगरका इञ्जिनियर निरज अधिकारीले बताए । पाठ्यक्रमका आधारमा डकर्मीको शीप वृद्धि गरेर भूकम्प प्रतिरोधी घर बन्न सक्ने उनले विश्वास व्यक्त गरेँ ।

नगरको सभाकक्षमा भएको कार्यक्रममा आवश्यक सम्पूर्ण ज्ञान दिई दक्ष बनाएर प्रमाणपत्र समेत नगर प्रमुख रानाले सहभागि जनाएकाहरुलाई प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here