मकै पोलेर जीवन गुजार्दै वृद्धा

0
595

दमक।

उमेरले सात दशक छेउ पुगेकी छिन् । कान राम्रोसँग सुन्न सक्दिनन् । प्रेसर र सुगरको समस्या पनि छ । तर, परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनी मकै पोलेर उपभोक्तालाई ख्वाइरहेकी छिन् ।

दमक–७ कि रत्नमाया राईका दुई छोरा थिए जसको मृत्यु भइसकेको छ । छोरीहरु आ–आफ्नो घर गएका छन् र आमालाइ हेर्न उनीहरुलाई फुर्सद छैन । श्रीमान्ले पनि अर्कै विवाह गरेर गएको बर्षौ बितिसकेको छ । उनी एक्लिएकी छिन् र पालिनका लागि मकै पोल्ने गर्छिन् । १० देखि २० घोगा मकै पोलेर आएको पैसाले हातमुख जोड्छिन् ।

कानमा किरो कुदेजस्तो अहिले पनि हुन्छ । शुरुमा त अस्पताल पनि गइन् तर अब निको हुँदैन भन्ने हरेश खाइन् । अहिले पनि कानमा किरा कुदे जस्तो हुने गरेको उनले बताइन् । यो दुःखको साटो बृद्धाश्रम बस्ने हो ? भन्ने प्रश्नमा उनले अहिले नबस्ने भन्ने जवाफ दिइन् ।
लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशी खातीले मकै खाँदै उनको जीबन बुझ्ने प्रयास गरे र सोधे, अनि के गर्नुहुन्छ त ? सधै यसरी हुन्छ ? उनले जवाफ फर्काइन्– ‘बृद्धभत्ता खाने भने रहर छ, तर मलाइ कसैले पत्याउँदैन ।’ –उनले तत्कालै भने– आमा म तपाईलाई सहयोग गर्छु र उमेर पुगेको छ भने नगरपालिकामा गएर पहल गर्छु ।’ –उनले भोलिपल्ट नागरिकता ल्याउने भनिन् । खातीका अनुसार उनको नागरिकतामा जन्ममिति २००७ साल आठ महिला १७ गते रहेको छ । ‘अबको केही महिनामा नै ७० पुग्ने अवस्था रहेको पाइएको छ । म आवश्यक सहयोग गर्छु’ –खातीले भने ।

दमक नगरपालिकाकी उपप्रमुख अधिकारीसंग महिलाको अवस्थाको बिषयमा कुरा राख्दा तत्कालै स्वास्थ्य बिमा गरिदिने र उमेर पुग्नसाथ बृद्धभत्ताका लागि आवश्यक प्रक्रिया गरिदिने बताइन् । उनले बृद्धआश्रममा राख्न पनि सकिने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here