१० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा

२४ बैशाख २०७६, मंगलवार मा प्रकाशित

काठमाडौं ।

संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र बोटविरुवाका प्रजाति लोप हुने खतरामा रहेको देखाएको छ ।

प्रतिवेदनले यसअघि कहिल्यै नसोचिएको गतिमा प्रकृतिमा ह्रास आइरहेको ठहर गरेको हो । मानिसका लागि चाहिने खाद्यान्न र उर्जाको माग अत्यधिक बढ्दा प्रकृतिमा रहेका १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा परेको प्रतिवेदनमा उल्लेख छ ।

जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको प्रतिवेदनले ठहर गरेको हो । मानिसले प्रकृतिप्रति गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्नेसमेत प्रतिवेदनले औंल्याएको छ ।

बालीनालीमा परागसेचन गराउने मौरीदेखि पानी सञ्चित गर्ने जंगलसम्ममा मानवले पुर्‍याइरहेको क्षतिबारे प्रतिवेदनले उल्लेख गरेको छ ।१५ हजार सन्दर्भ सामग्री प्रयोग गरिएको र तीन वर्ष लगाइएको उक्त अध्ययन प्रतिवेदन १८ सय पृष्ठको छ ।

उक्त प्रतिवेदनको सारांश फ्रान्सको पेरिसमा भएको एउटा बैठकमा सार्वजनिक गरिएको हो ।(एजेन्सी)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here