लमजुङ,
भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । लमजुङ,मस्र्याङ्दी गाउँपालिका ६ भीरपुस्तुनका २६ बर्षीय मुक्तबहादुर गुरुङको मृत्यु भएको हो ।
गाउँबाट बेंसीमा धानको बिउ राख्न भन्दै निस्केका गुरुङ गाउँतलको भाचोकडाँडाबाट एक्कासी खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना सोमबार बिहान ८ बजे भएको स्थानीयले बताएका छन् । घटनाबारे गुरुङसंगै गएका छिमेकीले गाउँलेलाई खबर गरेका थिए । उनको परिवारमा आमा, बुवा, भाई, बहिनी र फुपु छन् ।