गौंथलीको बाऊ र हरिरामको जोडी बुझिसक्नै पो रहेनछ त !

0
808
व्यंग्यनारान पाँडे

निकै परै सडकमा, मेरै घरतिर आइरहेका गौंथलीको बाऊ र उनका मित्र हरिराम पुराहित बाजेलाई मैले देखें । नीहरुको लर्बरे हिंडाइ, धर्खराउँदै उछिनाउछिन् गराइ र ठूल्ठूला स्वर उलाई देखेर–सुनेर मलाई लाग्यो आज उनीहरु एकाबिहानै जंगे–पानी धोकेर झुइँकिएका छन् । उनीहरु नजिक आएपछि देखें—दुबैका सर्टका टाँक खुस्काइएका रहेछन् र टोपी पनि ठेगानमा थिएनन् । दुबैका जनै खुल्ला छातीका रौंमा लडारिएका थिए ।

आँगनमा छिरेपछि गौंथलीको बाऊले म बसिररहेको बरण्डातिर हेर्ने हुँदा उनी धर्खरिएर बलैले सम्हालिए अनि उनै अगाडि लागेर सिँढी उक्लिंंदैदेखि भन्दै आउ— “इ हरिराम पँडितलाई मैले कम्रेटमा भर्ति गर्या हूँ । एति चाँडै इनको फुर्ति बढेर खप्नु छैन गाँठे ! इनलाई हाम्रो नेपकाका भीउँराओलको लइन् मुनपर्ने दसोले जुक्त पारिरछ कि क्या हो ।

छुँदाखाँदाको हाम्रो बौमतको भिउँसिने सत्तिशाली सर्खारका बाटामा चपअअअ लागेर हिन्न छाडेर हेर त बूढो गोरुले भीर खोजे जस्तो गर्या ! इण्डेको देशी बोलीमा ‘जब् गिदडको मौत आउता हाए ओ शहर के तरफ जाउता हाए’ भन्र के भन्या हो भन्ने तपइँहर्लाई था होस् त थुक्क ! मै उत्था गरेर भन्दिन्छु नि तेसो त । तो भन्या जब गिद्दलाई काल आउँछ ऊ शहरतिर पस्छ भन्या हो । इ जुन्यार कम्रेट हरिरामले कि तेसो गर्या हुन् ?—रामरी सोद–सोद हओ पाँडे भाइ ।”

कुराको फेद–टुप्पो भुत्लोभाङ बुझेको थिइन मैले तापनि उनी जस्तै उत्ताउलो भएर अन्धाधुन्ध हरिरामलाई सोधें— “किन त्यसो गर्या ?”

हरिरामले भने— “होइनऊ मैले एउडा स्यानो कुरो सोद्या मात्तै थेँ, इ गौंथलीको बाऊले तेसको जुआप नदेखर गाली गर्यागर्यै…”

हरिरामले वाक्य पूरा गर्न नपाउँदै गौंथलीको बाऊ टोक्ने कुकुरले थाङ्ने मान्छेलाई झम्टे झैं झम्टिएर गर्धनका नसा फुलाउँदै बम्के— “हन तपइँ कल्लाई गउँथलिया बाऊ भन्या हँ ? मेरो सुबनाम गउँथलिया बाऊ हो ? मैले कम्रेटमा भर्ति गर्नभन्दा अग्याड तपइँ अकम्रेट हुँदाखेरिको आतेपाते बेहोरा अजै निख्र्या छैन कि क्या हो हँ ? तो दोडा शब्द तुरुन्ताको तु घुर्ता गरेर चइँनेकेरे मेरो सुबनाम हरिकान्तनारान घिउगेडीका अघाडि सिरिसान सिन्यार कम्रेट पनि धरेर बोल त । हाम्रो बौमतको सर्खार देशैभरि छताछुल्ला भाका ट्याममा पनि खाका सुरमा मुख छाड्छौ तपइँ ? म मेरो सत्ति पदर्शन गरम् ? तपइँले मलाई के ठान्या ? म तपइँको कम्रेट खोसुँ ? अनि त हरिराम मात्तै डकुलन्ठ्याङ होलाउ ।….तपइँलो इ पाडँे भाइको आड लेर मलाई हेपेको ? हँ ?”

गौंथलीको बाऊले हातै छोड्लान् जस्तो रन्को दिंदै हरिरामलाई हकारेको मलाई ठीक लागेन र मैले कडा स्वरमा भनें— “एकाबिहानै तपाईंहरु दुईजनै बाहुन मान्छे मेरो घरमा आएर ठूलो हल्ला किन गरेको हँ ? कुरो के हो तपार्इंहरुको बेमेलको ? त्यो चाहिँ भन्नोस् न ।”

गौंथलीको बाऊले चना र आलुका चोइटाहरु अल्झिएका खलपत्रे दाँत देखाएर हाँस्ते र लिरिक–लिरिक मुन्टो हल्लाउँदै भने— “काँ यो हाम्रो कमिनिस सर्खार देशैभरि लचेप्रै भका ट्याममा बाउन्ले दारु खानु हुन्थेन भन्या झैं सटाएर कुरा गर्छाै हउ तपइँ पनि, खएर यो टपिकमा आर्का न दिन डिस्केस् गरम्ला । आजलाई मैले एक्ुज–मी देँ लु तपइँँलाई ।

जाँहाँसम्मन तपइँले इ हरिराम पँडित र मेरो डिस्केसको कुरो के हो जान्न चायौ, तो कुरो के हो भन्लाउ भने— अस्ति भद्रपुरका कोनि को–को भेला भ’र उँधेरु–उँधेरु मात्रै झापा जिल्लाका जम्मा–टोत्तल अर्गनी क्याति हम् भन्ने जस्तो गरेर चइनेकेरे पर्तेपच्छे लइनको एउडा सो–उक्त लइनको पाटीका लागि ढोडको टेवा जस्तो समस्ता खोले अरे ? भन्र इ कम्रेट हरिरामले मेरा समच्छे पश्न राखे ।

उँधेरले सो–उक्त समस्ता खोलकै भोलिपल्ट मेरै अग्रसरतामा ठ्याक्कै उस्तैउस्ता मान्छे राखेर मैले खोलेको समस्ताको कुरो चइँनके इ हरिरामले छ्यास्स पनि उठा’नन् । मैले खोल्या उत्रा ठूला बुद्दिजीभी अँटाको समस्ताको भेलु चइँ झन केएरलेसमा पार्नु पथ्र्यो कि पर्दैनथ्यो इनले ? मैले समस्ता खोलेका दिन इ कम्रेट हरिराम पअअअर सुकुम्बासी बस्तीमा कोनि कस्को नानीको न्वारान गर्न र दच्छिना लुँड्याउन गइरथे र भापनि मैले उनलाई मैले मासचिप राखिरथेँ । यो कुरो मले उन्लाई भन्न भ्याको थिन्, तो बेल्गै पाटो हो ।”
हरिराम बोले— “अनि किन नभन्या त मलाई ?”

गौंथलीको बाऊ फेरि झर्के— “हन तेत्रो बाम्पन्थी बुद्दिजीभी गटबन्दन अग्वा सोसाइटिकल मासङ खुलाउने हइसेतको म जस्तो पर्तिष्टित पत्रकार गर्ने बेक्तित्तोले के खान भन्दै हिन्न त ? तपइँ सोएम्लाई तेस्को मासचिव बनाकै थेँ भनेसि था–मालम भो होला भन्ठानें नि मैले ।”
म खिल्खिलाएर हाँसे र भने— “अनि हरिराम बाजेको पनि खासै गल्ती त थिएन रहेछ त अनि ? किन रिसाउनु भएको त उहाँसंग ?”

उनले सहजै भने— “अनि त्यो पोरप्रारको एलेक्सिनको भोटमै जरा काटिएर फिलहाल पनि कडोरउँ त के भन्नु, अनेकउँ कर–कचेडा, नेता–नेतिमा कुर्सीको तानातानले टुप्पोबड पनि ओइलाउँदै सुक्तै गइराख्या पार्टीलाई सपोटिङ गर्ने क्यातिको जुसे र मुख गनाउने कुरा के सोधिराख्या त इ हरिरामले ? भन्र मेरो पारो चढ्या क्या पाँडे भाइ । इ हरिराम कम्रेटले मैले भने जस्तो कम्रेट गर्न जानेनन् भन्ने आर्को पीर पनि पर्ने नै भो ।

तेस्तो नाथे भन्रभनेदेखुन् जरा काट्टिया चइँनेकेरे टुप्पाबड पनि सुक्ने सम्भाओना पखर्र भइराख्या पाटीको सपोटिनमा खुलेको तो क्यातिले के नाप्छ र मेरा एरिआको छेत्रमा र तेस्ताका कुरा म जत्तिको बेक्तिले सोद्न इ हरिराम कम्रेटलाई अप्ठ्यारो लाग्नु पथ्यो–पर्थेन हँ ? साना कम्रेटले आफूभन्दा ठूलो कम्रेटसँग तेस्ता कुरा ठाढै सोद्नु अन्डीस्पिलिनहीन हो कि होइन ? अनि रीस उठ्तैन त ?”
अहिले हरिराम भाका मिलाएर हाँसे र बसेको ठाउँबाट उठ्तै भने— “लौ म चाहिँ हिंडे पनि ।

आखिर म अन्जानमै बुद्दिजीभी सोसाइटिकल मासङको मासचिव भइगँछु । अघि आउँदा बाटामा एउडो भख्खर ब्याको लैनु गाई बाच्छोसंग बाटाकै उत्ताटि चौरीमा चरिराख्या देख्याथें । आज पारि इण्डेको गलगलेको एउडो जनमानको छोराको बिहे पाटीमा जानु छ । पाँडे सरसंग ह्वाँ सिन्यार कम्रेट हजुर गफ गर्दै गर्दा म झ्वाट्ट पुगेर झ्वाट आउन भ्याइहालूँ । ह्वाँ सिन्यार कम्रेट हजुरका कुरा सुन्दासुन्दै ढिला होला । म हिंडे पनि ।”

उनका कुरा सुनेर गौंथलीको बाऊ कुन्नि किन चख्ल्याँस्स परे र भने— “हन मसँग आका तपइँ, मलाई याँ छोडेर एक्लै जान्छौ त बिएभोज खान ? कि आर्को कोसँग….”

उनको पछिल्लो वाक्य पूरा नहुँदै हरिरामले प्याच्च भने— “तेइ गाई साथी भइहाल्छ नि । तेल्लाई बाँदेको दाम्लो मेरो हातले समातेपछि त्यो गाई मेरा पछि–पछि हिन्न बाधे भइहाल्छ—अस्ति नै त्याँ पर्तिर झोपडी टोला छेउको चौरीमा चरिरएको खसीले हजुर सिन्यार कम्रेटलाई पछ्याए जस्तै । होइन्त ? अगुवाले सिकाको जस्तो पछुवाले गर्न त पाउँछ होला नि ? कि पाउँदैन ?”

गौंथलीको बाऊले आँखा फुकालेर हरिरामलाई हेरे र चुँसम्म नगरी झट्पट् उठेर आँगनमा निस्के । आँगनको गेटबाट बाहिर भएपछि अनि भने— “सँगैको साथी, सँद्दैको दोस्तीलाई साथमा नलगी तपइँ गलगलेतिर गई मात्तै हरे न, तपइँलाई गाई चोरमा नपक्राई काँ छोडुला र ! लाखेस न ।”…

उनी फटाफट बाटो लागेपछि हरिराम पनि मलाई जान्छुसम्म नभनी उनी गइरहेतिरै लागे । म छक्क परें र मनमनै भनें— “यी दुईको जोडीका कुरा बुझिसक्नै पो रहेनछ हँ ?”..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here