संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि रातोपिरो भए सांसदहरू

५ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

लण्डन ।

बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हँगामा भएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ ।

यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरूले गरेका हुन ।

उनीहरूका अनुसार ब्रिटेन संसदमा सांसदहरूले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाइएको छ ।

पश्चिमा देशहरूमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरूले उक्त घटनाबारे छानविन गरेर दोषीमाथि कारवाही गर्न समेत माग गरेका छन् ।

सफाई कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो ।

सामाजिक संघले संसदको प्रबन्धकसँग छलफल गरेको थियो कि एक सांसदसँग शारीरिक सम्पर्क गर्न तिनीहरूलाई जिस्क्याउने गर्ने गरेको गुनासो आएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here