झापाका दर्शकसँग जात्रैजात्राको टिम

0
575

बिर्तामोड।

गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’का कलाकारहरुले झापाका दर्शकसँग बसेर चलचित्र हेरेका छन् ।

चलचित्र ‘जात्रै जात्रा’का निर्देशक प्रदीप भट्टराई, नायकहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ र नायिका वर्षा राउत लगायतले झापाका दर्शकसंग बसेर चलचित्र हेरेका हुन् ।

चलचित्र ‘जात्रै जात्रा’ बारे दर्शकको प्रतिक्रिया बुझ्न झापा आएका उनीहरुले झापाको बिर्तामोडस्थित कृष्णचित्र मन्दिर, क्यूएफएक्स वन स्टप मल, दमकस्थित पाथीभरा सिने प्लेक्स र दमक चित्र मन्दिरमा चलचित्र हेर्न आएका दर्शकसँग बसेर चलचित्र हेरे ।

झापाको बिर्तामोडस्थित क्यूएफएक्स वनस्टप मलमा चलचित्र हेर्न पुगेका ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले ‘जात्रै जात्रा’लाई दर्शकले रुचाएकोमा खुसी व्यक्त गरे । उनले हालसम्म चलचित्रले तीन करोड भन्दा बढीको व्यापार गरेको जानकारी दिए ।

निर्देशक प्रदीप भट्टराईसँगै क्यूएफएक्स वन स्टप मलमा चलचित्र हेर्न पुगेका‘जात्रै जात्रा’ का नायकहरु विपीन कार्की, रविन्द्रसिंह बानियाँ र नायिका वर्षा राउत निकै खुशी मुद्रामा देखिएका थिए । उनीहरुलाई दर्शकले सेल्फी खिच्न घन्टौंसम्म घेरेका थिए । उनीहरुले पनि रमाउँदै दर्शकहरुसँग सेल्फी खिचेका थिए ।

‘जात्रै जात्रा’का नायकहरु विपीन कार्की, रविन्द्रसिंह बानियाँ र नायिका वर्षा राउतलाई आँखै अगाडि देख्दा चलचित्र हेर्न पुगेका र हेरेर फर्किएका दर्शक निकै खुशी देखिएका थिए ।

चलचित्रका नायक विपीन कार्की ,रविन्द्रसिंह बानियाँ र नायिका वर्षा राउतले झापाका दर्शकको मायाबाट आफूहरु एकदमै खुशी भएको बताएका थिए । चलचित्रमा विपीन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेल लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘जात्रै जात्रा’ बिर्तामोडस्थित कृष्णचित्र मन्दिर , क्यूएफएक्स वनस्टप मलमा आगामी हप्ता पनि प्रदर्शन गरिने कृष्णचित्र मन्दिरका सञ्चालक बालकृष्ण पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here