आन्दोलनका घाइते भन्छन्–अपेक्षा अनुरुप काम भएन्,जनताको जनजीविका उस्तै

0
1281

नरेन्द्र ढकाल/ झापा ।

एक दशक अघि झापाको सदमुकाम चन्द्रगढीमा गरेको आन्दोलन अझैपनि आन्दोलनमा घाइतेभएकाहरुको मनपटलमा ताजै छ । उक्त आन्दोलन निरङ्कुश राजन्त्र विरुद्ध र गणतन्त्रका निम्ति रहेको थियो ।

वैशाख ६ गतेको आन्दोलनका क्रममा सुरज विश्वास र राजन गिरीले सादहत प्राप्त गरे भने २२० जना घाइते भएको स्थानीय शान्ति समिति झापाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ । देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन नसकेको जनआन्दोलनका घाइतेहरु बताउँछन् ।

अधिंकाश घाइतेहरुले शान्ति समिति मार्फत राहत पाएपनि अपेक्षा अनुसार देशले प्रगतिको बाटो अंगाल्न नसकेको गुनासो गरेका छन् । झापामा दुई सयभन्दा बढी घाइते भएपनि अधिकाशंले गणतन्त्रको कुनै पनि अनुभूति नभएको जनआन्दोलनका घाइते भगिरथ पोद्धारले बताए । उनले भने– मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता अहिले पनि धेरैको अवस्था यथावत नै छ । ‘गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, एक दशक बित्यो मजदूरको अवस्था उस्तै छ,’ उनले भने– ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता सबै आयो तर जनताका निम्ति परिवर्तन आएन ।’

नेपाली जनताको ठूलो र अथक प्रयासले देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र संस्थागत गरेर देशलाई आर्थिक समृद्धितर्फ लान सके जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न पाउने आन्दोलनका घाइतेहरुको भनाईको छ । वि.सं २०४६ मा मुलुकमा निरङ्कुश पञ्चायत शासन हटाएर प्रजातन्त्र बहाली गर्ने काम भयो ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६२–६३ मा भएको आन्दोलनले राजतन्त्र विस्थापन गरेर गणतन्त्र स्थापना ग¥यो । यस आन्दोलनमा प्राध्यापक, कर्मचारी, मजदूर सबैले आ–आफ्ना ठाउँबाट योगदान गरे । वि.सं २०४६ को आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म धेरै नेपालीले ज्यान गुमाउनुपर्यो । तर, जुन उद्देश्यले आन्दोलन भयो, जे जस्ता अपेक्षा राखिएका थिए, त्यस अनुरुप उपलब्धि नहुँदा निराश हुनुपरेको जनआन्दोलनका घाइतेहरुले गुनासो गरेका छन् ।

वि.सं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२–६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।

गणतन्त्र आउनु अघि राष्ट्रप्रमुख हुन राजपरिवारमै जन्मिएका व्यक्ति हुनुपथ्र्यो तर, गणतन्त्रात्मक मुलुकमा हरेक नागरिकलाई राष्ट्रप्रमुख हुने अवसर छ । आज मुलुकमा सङ्घीय प्रणाली लागू भएको छ र नेकपाको नेतृत्वमा दुई तिहाईको बलियो सरकार अस्तित्वमा छ । तर अझैपनि जनताले आन्दोलनमा गरेको योगदान अनुसार उपलब्धी हासिल गर्न नसकेको बताइएको छन् ।

आन्दोलनमा घाइतेभएकाहरु केहि स्थानीय तहमा निार्वाचित भए भने केहि राजनीतिमा सक्रिय रहेका छन् तर आन्दोलनमा अंगभंग भएकाहरु अझैपनि सामान्य जीवनयापनमा फर्किन सकेका छैनन् । उनीहरुले गणतन्त्रआएपनि अझै जनताले अपेक्षा गरे अनुसारको उपलब्धी हासिल गर्न नसकेको दुखेसो पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here