‘राम्रालाई होइन हाम्रालाई फलिफाप गणतन्त्र’

0
471

काठमाडौं,

देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ वर्ष भएको छ। शासन व्यवस्था परिवर्तनमा गणतन्त्र स्थापना हुनुलाई महत्वपूर्ण उपलब्धि मानिएको छ।

तर, जनताको जीवनमा भने खासै परिवर्तन आउन नसकेको गुनासो हटेको छैन्। पहिला एक जना राजा भएको र अहिले धेरै राजा भएको गुनासो गर्नेहरुको संख्या बढिरहेको छ। उदयपुर घर भइ हाल काठमाडौँ नयाँ बानेश्वर बस्ने पशुपति पोखरेलले महङगीको मार खेपिनसक्नु भएको गुनासो गरे।

सामान्य नागरिकलाई अन्याय, युवाहरुलाई विदेशीनु पर्ने वाध्यता,महिला,बालिका,किशोरी बलात्कृत हुनुपर्ने अवस्था झन् बढेकाले गणतन्त्र स्थापना भएका वर्षहरु जति थपिदै गएका छन् नागरिका सास्ती त्यो भन्दा दोब्वर हुदै गएका पोखरेलले बताए। गणतन्त्रले १२ वर्षमा दिएको उपलब्धी सुनाउने पोखरेल प्रतिनिधिपात्र मात्रै हुन्।

सरकारले देशमा सुशासन कायम गरेको, प्रतिव्यक्ति आम्दानी बढेको, महंगीको बृद्धिदर घटेको तथ्याङक प्रस्तुत गरिरहँदा जनताले सास्ती बढेको महसुस गरेका छन्। गणतन्त्र राम्रालाई होइन हाम्रालाई मात्रै फलिफाप भएको काठमाडौँ बबरमहरका कुमार आचार्यलाई लागेको छ। सरकार कमिसनको खेलमा लाग्दा भ्रष्टाचार मौलाएको उनको बुझाइ छ।

गणतन्त्रपछि स्थापना भएपछिका सवै सरकार भ्रष्टाचार, तानाशाहा, घुसखोरीमा लाग्दा त्यस्को नमिठो परिणम जनताले भोग्नु परेकोमा उनलाई दुख लागेको छ। महङ्गीको मर्काले दैनिक जनजिवन धान्न समेत जनतालाई मुस्किल परिरहेका बेला सरकारले महत्वकांक्षी विकास निमार्णका योजना सुनाउदा जनताको मनोविज्ञानमा नै असर पर्नेतर्फ ध्यान दिन पनि नागरिकले आग्रह गरेका छन्।

गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएका जनआन्दोलनका सहिद परिवार र घाइतेलाई त झन् गणतन्त्र स्थापनाको १२ बर्षसम्म कागलाई बेल पाक्यो हर्ष न विस्मात झै लागेको छ। दोस्रो जनआन्दोलनका घाइते मेघराज आचार्यले गणतन्त्र दिवसका अवसरमा सरकारले प्रदान गर्दै आएको सम्मान र पुरस्कारमा समेत राजनीति हुँदै आएकाले सरकारसँगको अपेक्षा नै व्यर्थ भएको दुखेसो गरे।

उनले भने, ‘हामीलाई त सरकारले केही गरेन गरेन संघर्षपछिको सफलता गणतन्त्रले आम जनताको समेत जीवनस्तर उकासेन।’ घाइते आचार्यलाई सरकारले गणतन्त्र दिवसका अवसरमा तामझामका साथ गर्दै आएको औपचारिक कार्यक्रमले जनआन्दोलका घाइते र सहिद परिवारलाई जिस्काएको जस्तो लागेको छ। यी गुनासा नौला भने होइनन्।

गुनासा बढ्दै जादाँ शासन व्यवस्था नै परिवर्तन हुने गरी आन्दोलन भएका छन्। तिनै आन्दोलनले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। सडकमा हुँदा जनताको र सत्तामा हुँदा आफ्नालाई काखी च्याप्ने कामले राजनीतिक बिश्लेषक पनि दिक्क छन्। थाहाखवरसँग कुरा गर्दै राजनीतिक विष्लेषक डा. सुरेन्द्र केसीले सरकारको पछिल्लो कार्यशैली राजा महाराजाको भन्दा पनि माथिल्लो तहको भएको टिप्पणी गरेका छन्।

उनले भने, ‘ज्ञानेन्द्र शाहसँगै राजसंस्थाको विधिवत रुपमा अन्त्य त भयो तर राजसंस्था भने कायमै रहेको छ। भिभिआइपी र भिआइपीको सवारीमा जनताले खेप्दै आएको सास्ती, उच्च र शीर्ष तहमा रहेकाहरु स्वाथ्य उपचारका लागि विदेश नै जानुपर्ने रवैयाको अन्त्य नहुनुलगायतले पनि राजतन्त्रको अन्त्य नभएको बरु गणतन्त्रको नाममा जनताले धेरै राजाहरु पाल्नु परेको छ।’

यो बास्तविक लोकतन्त्रको चरित्र नभएको र नेपाली जनताले सच्चा नेता पाउन नसक्नु ठूलो दुर्भाग्य भएको डा केसीको बुझाई छ। जतनाका नेता होइनन् भन्ने कुरा व्यवहारबाट पनि प्रष्टै भइरहेको जनताको पनि गुनासो छ।

काठमाडौ रामकोटकी सुमिरा सिलवालले नेताहरुले जनताको भावना र मर्म बुझ्न नसकेको बताइन्। राजनीतिक विष्लेशक डा. केसीले सोहि गुनासोलाई थप पुष्टि गर्ने गरी लोकतन्त्र र गणतन्त्रको नेपालमा उपहास भइरहेको बताए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here