माछा मार्ने क्रममा…

३१ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

भद्रपुर ।

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ बस्ने ३५ वर्षीय सूर्य धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घर नजिकैको बेतनी खोलामा सडक पोलबाट विद्युती हुकिङ गरी माछा मार्ने क्रममा करेन्ट लागी धिमाल गम्भिर घाइते भएका थिए ।

घाइते धिमाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here