सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता

0
461

काठमाडौँ ।

सरकारले बिहीबार दिउँसो गरेको सार्वजनिक यातायातका सवारीसाधनको भाडा वृद्धिको निर्णय साँझ विज्ञप्ति प्रकाशित गरेर फिर्ता लिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार ‘थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्न आवश्यक भएकाले निर्णय फिर्ता लिएको’ बताउनुभयो ।

भाडा वृद्धिपछि उपभोक्ता अधिकार तथा सर्वसाधारणले विरोध गर्ने सम्भावना भएकोले यसबारे विस्तृत अध्ययन गरी वैज्ञानिक भाडादर लागु गर्न अध्ययन समिति गठन गर्ने र त्यसै अनुरुप पछि निर्णय गर्ने जानकारी पनि महानिर्देशक दाहालले दिनुभयो ।

उपभोक्ता तथा अनुसन्धान मञ्चका प्रतिनिधि माधव तिमिल्सेनाले सेवाको गुणस्तरभन्दा भाडा वृद्धिमा बढी जोड दिएकाले विरोध जनाएको बताउनु भएको थियो । मञ्चका पदाधिकारीले भाडा वृद्धि गर्न बिहीबार बसेको बैठक नै वहिष्कार गरेका थिए ।

यसअघि विभागले उपत्यकाभित्र चार किलोमिटरसम्म १७ र त्यसपछि ३२ रुपियाँ, ट्याक्सीमा ‘मिटर अन’ गर्ने बित्तिकै ५० रुपियाँ र प्रतिदुई किलोमिटर ४४ रुपियाँ तथा लामो दूरीमा १३ प्रतिशत भाडा वृद्धि गरिएको सार्वजनिक सूचना जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here