अर्जुनधारा।
युवा तथा खेलकुद विकास समिति अर्जुनधारा– १ द्वारा आयोजित सातदिने व्यक्तित्व, नेतृत्व विकास, उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न भएको छ ।
अध्यक्ष श्रीप्रसाद नेपालको अध्यक्षता र वडाध्यक्ष गजाधर खतिवडाको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
सहभागीहरु जमुना अधिकारी, सीता लिम्बू, वडासदस्य तुलसा पोखरेल, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, सचिव प्रभा नेपाललगायतले बोलेका थिए ।
कोषाध्यक्ष मुना अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सृजना राईले गरेकी थिइन् ।