विद्युत् चुहिएर पाँच पसलमा आगलागी

२ असार २०७६, सोमबार मा प्रकाशित

काठमाडौँ।

टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।

टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०।१५ बजे नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here