बझाङमा सवारी दुर्घटना ९ को मृत्यु ६ जना घाइते

२ असार २०७६, सोमबार मा प्रकाशित

धनगढी,

बझाङको मष्टा गाउँपालिकास्थित फलाटे डाँडामा सोमबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्‍या ९ पुगेको छ।

त्यस्तै घाइते हुनेको संख्या ६ पुगेको छ। डुम्री बजारबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो।

नेपाली सेना, शसस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार कठिन स्थानमा दुर्घटना भएकाले उद्धार कार्यमा समस्या भएको छ।

मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको बताइएको छ।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here