बाबुरामको कामना– संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस्

0
855

काठमाडौं।

समाजवादी पार्टीका नेता तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी दलका सांसदका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो धारणा राखेका हुन् ।

‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेल फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस् ।’

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने तयारी गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका हुन् ।

प्रतिपक्षी दलका नेतालाई पहिला बोल्न समय दिनुपर्ने उनीहरुको माग थियो ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here