एजेन्सी,
अभिनेत्री प्रियंका चोपडा हलिउडका केही प्रोजेक्ट सकेर बलिउड फर्कने तयारीमा छिन्। हलिउड फिल्म ‘बेवाच’ र अमेरिकन टेलिभिजन शृंखला ‘क्वान्टी को’ ३ भागमा अभिनय गरेकी प्रियंका पुनः बलिउडमा फर्कन लागेकी हुन्।
प्रियंका अब चाँडै नै सलमान खानको मुख्य अभिनय रहने फिल्म ‘भारत’ र ऋतिक रोशनको मुख्य अभिनय रहने फिल्म ‘कृष ४’ मा देखिनेछिन्।
उनले फिल्म ‘भारत’का लागि १२ करोड भारतीय रुपैयाँ पारिश्रमिक माग गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्रियंकाले पछिल्लो समय छनौट गरेर मात्र प्रोजेक्ट गर्ने गरेकी छिन्।
विशेषगरी, फिल्मको स्क्रिप्ट सहअभिनेतादेखि प्रोडक्सन ब्यानरसम्ममा ध्यान पुर्याउने प्रियंकाको पारिश्रमिक उत्तिकै बढेको छ। यदि, प्रियंकाको माग बमोजिम फिल्म युनिटले भुक्तान गरेमा प्रियंका बलिउडकै सवार्धिक पारिश्रमिक लिने दोस्रो अभिनेत्री हुनेछिन्।
यसअघि फिल्म ‘पद्मावत’का लागि अभिनेत्री दिपिका पादुकोणले १२ करोड रुपैयाँ पारिश्रमिक बुझेकी थिइन्