सुरुङ्गा ।
कनकाई नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षककालागिसञ्चालित ७ दिने सूचनाप्रविधि सम्बन्धितालिमकोसमापनगरिएको छ ।
शिक्षण सिकाइमा सूचनाप्रविधिलाई जोड्ने मुख्य उद्देश्यसहितआयोजिततालिममानगरपालिकाभित्रका सामुदायिक विद्यालयका १९जनाशिक्षकको सहभागिता रहेको थियो । हालसम्मविषयका रुपमाकम्प्युटरको पठनपाठन हुँदै रहेकोमाअबविद्यालयभित्रको विविधव्यवस्थापन र योजनानिर्माणका साथ शिक्षण सिकाइमापनि सूचनाप्रविधिको प्रयोग गर्न तालिम केन्द्रित रहेको थियो ।
शिक्षायुवातथा खेलकुदशाखाकाप्रमुखउपसचिवपीताम्बर गौतम,शिक्षाअधिकृत हरिप्रसादमिश्र, नगरपालिकाका सूचनाअधिकृतखगेन्द्र मिश्र, मुख्य लेखाअधिकृत भूपेन्द्र दाहाल, पूर्व स्रोत व्यक्ति मेदनीप्रसाद पाठकले तालिममा सहजीकरण गरेकाथिए ।
तालिममा सूचनाप्रविधिको प्रयोगमाविद्यालयको भूमिका, विद्यालयको लेखा प्रणालीमा प्रविधिको प्रयोग र भुक्तानीप्रक्रिया, शिक्षा क्षेत्रमा सूचनाप्रविधिको प्रयोगको विद्यमानअवस्था र भावी योजना, विद्यालयमा सञ्चालितविभिन्नप्रविधिको समीक्षा, ई–हाजिरी, नगरपालिकाको सूचनाप्रविधिको प्रयोगको प्रचारप्रसारमाविद्यालयको सहयोग, एकीकृत शैक्षिकव्यवस्थापनतथा सूचना प्रणाली, विद्यालयतथानगरपालिकामा सञ्चालितविभिन्न सफ्टवेयरसम्बन्धीजानकारी लगायतकाविषयवस्तुमातालिम केन्द्रित रहेको थियो । शिक्षकतथाकर्मचारीको तलबभत्ताभुक्तानी चेकमार्फत गरिँदै आएकोमाअब चाडैं प्रविधिमार्फत गर्ने नगरपालिकाले तयारी गरेको छ भने ई¬–हाजिरी पद्धतिलाई कडाइका साथलागू गर्ने भएको छ ।
तालिम समापनकार्यक्रममाशिक्षा, युवातथा खेलकुदशाखाकाउपसचिवपीताम्बर गौतमले सूचनाप्रविधिका क्षेत्रमाविद्यालयले गर्न धेरै बाँकी रहेको र नगरपालिकाले आगामीदिनमाअझ धेरै सहयोग गर्न तयार रहेको बताए । उपसचिवगौतमले युगको मागअनुरुप कम्प्युटर शिक्षा र सूचनाप्रविधिसम्बन्धी ज्ञान तथा सीपलाई विद्यालयको कक्षाकोठामा लैजानु मुख्य कुरा भएको बताए ।
तालिमका एक सहभागीकनकाई मावि सुरुङ्गाकाशिक्षकजीवेन्द्र घिमिरेलेदिएकोजानकारी अनुसार तालिमले सूचनाप्रविधिलाई कार्यालयीयकामसहित शिक्षणसिकाइ क्रियाकलापमाजोड्नुपर्ने र यसकालागिविद्यालयव्यवस्थापन समिति र विद्यालयप्रशासनले सकारात्मकभएर विद्यालयमा सूचनाप्रविधिको प्रयोग गर्न वातावरण बनाउनुपर्नेमाजोड दिए ।