अलैंची खेतीमा नया प्रविधि भित्र्याइने

१३ असार २०७६, शुक्रबार मा प्रकाशित

इलाम, अन्य बालीमा प्रयोग भएको प्रविधिलाई अलैंची खेतीमा भित्र्याइने भएको छ ।
इलामको हाँसपोखरी अलैंची उत्पादन ब्लकको आयोजना रोङ– ३ ले आयोजना गरेको कृषक भ्रमणमा सहभागीले भ्रमणमा सिकेको ज्ञानलाई सदुपयोग गर्दै नयाँ प्रविधि भित्र्याउने बताएका हुन् । उनीहरुले तनहुँ, गोरखा र चितवनका कृषि फर्म तथा बाली बगैंचाहरुको अवलोकन गरेका थिए ।
तनहँुको ब्यास नगरपालिका– ११ घासीकुवा स्थीत फराकचौर भन्ने स्थानमा रहेको गण्डकी नेपाल इन्भेष्टमेन्ट प्रालिको अवलोकन गरिएको आयोजना सञ्चालक समितिका अध्यक्ष राजकुमार सुब्बाले बताए । भगवती जिसी द्वारा सञ्चालित सो फर्ममा हाल ८० वटा गाई रहेका छन् ।
एकल महिला भएर पनि जिसीले गरेको प्रयास भ्रमण टोलीको लागि प्रेरणादायिक भएको अध्यक्ष सुब्बाले बताए । खर्च कटाएर मासिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको भ्रमणको क्रममा सञ्चालनक जिसीले बताएकी थिइन् ।
त्यसैगरी भ्रमणको क्रममा गोरखा नगरपालिका–३ नारेश्वरमा रहेका किसान निर्मल बाबु श्रेष्ठले सञ्चालन गरेको बिन्ध्याबासिनी मिश्रित फलपूmल नर्सरीको पनि अवलोकन गरिएको अध्यक्ष सुब्बाले बताए । कृषि ज्ञान केन्द्र गोर्खाका बरिष्ठ कृषि अधिकृत अजय अधिकारीको सहयोगमा भएको सो फर्मको भ्रमणबाट अलैंचीमा पनि प्रबिधि प्रयोग गरेर स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने भएको उनको भनाइ छ ।
बिन्ध्याबासिनी नर्सरीमा फलामको ट्रष्टको प्लास्टिक घर बनाएर बाहिरको किरा फट्याङग्रा पस्न नसक्ने गरी सुन्तला कागती जुनारको ग्राफ्टिङ बिरुवा उत्पादन भइरहेको छ । त्यसैगरी भरतपुर महानगरपालिका– २३ जगतपुरमा रहेको वोयर जातको बाख्रापालन व्यवसायको पनि अध्ययन गरेको बताइएको छ ।
जगतपुर एग्रो प्रालि नामक फर्म खोलेर स्थानीय युवा योगेन्द्र बस्नेतले बोयर जातका १२ वटा बोका र एक सय २३ माउ पालेका छन् । उनको फर्ममा उत्पादन भएको बोयर जातको बाख्रा नेपालको धेरै ठाउँमा जाने गरेको छ । इलाम गजुरमुखीको बाख्रा फर्ममा पनि सोही फर्मबाट बोयर बाख्रा ल्याइएको बताइएको छ । आठ विगाह क्षेत्रफलमा घासखेती गरेका बस्नेतले एक विगाह क्षेत्रफलमा बाख्राको खोर बनाएका छन् । मार्शल आर्टका खेलाडी र निर्माण व्यवसाय समेतको अनुभव लिइसकेका बस्नेतले बाख्रा पालेर नाम र दाम दुबै कमाउन सफल भएको बताए ।
भ्रमण टोलीले चितवनको रामपुरमा रहेको मकै बाली अनुसन्धान केन्द्र र राष्ट्रिय गाई अनुसन्धान केन्द्रको पनि अवलोकन भ्रमण गरेको छ । गाई अनुसन्धान केन्द्रका प्रमुख भेटनरी डाक्टर माधवप्रसाद आचार्यले गाईपालन व्यवसायको इतिहास सम्भावना र राज्यको भूमिकाको बारेमा भ्रमण टोलीका सहभागी किसानहरुलाई जानकारी गराएका थिए ।
रामपुरको भ्रमणको क्रममा गहँु अनुसन्धान केन्द्र र अन्य बालीको बारेमा पनि किसानहरुले जानकारी लिएका थिए । रोङ गाउँपालिका कृषि बिकास साखाका प्रमुख रामकुमार तामाङको अगुवाइमा गएको भ्रमण टोलीमा हाँसपोखरी अलंैची ब्लक कार्यक्रममा आवद्ध किसानमध्ये १६ जनाको सहभागिता रहेको रोङ कृषि शाखाका प्रमुख तामाङले बताए । भ्रमणमा सिकेको ज्ञान सिपलाई व्यवहारमा उतार्न किसानहरुलाई प्रोत्साहन गरिने अलैंची ब्लक कार्यक्रमका सचिव नबिन कट्टेलले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here