‘जो छन् तिनै छन्’–हरु नै यस्ता भएपछि मरिएन त !

0
486

व्यंग्यनारान पाँडे,

“हओ पाँडे भाइ, के गर्दैछौ तपइँ ? मेलोमेसो के–कसो छ ? आज म एउडा उधुम टेसिलो सबजेटमा बात मार्ने इस्टमेट गरेर आइराँछु । पैला तपइँ अलि सिरेसली भऊ अनि मेरा कुरा सुन्न रेडी भऊ न मात्तै म भन्छु ।” —भने गौंथलीको बाऊले बुर्सीमा बसेपछि भने— “नत्र त के खान बर्बराउनु मैले, काम नपा’जस्तै ।”

मैले हिंजै हेरिसकेका र हिजो बेलुकी र अघि बिहान पनि लोकल एफ.एम.ले पढीबाँची छाक टारिसकेका जुठोपुरो समाचारका शीर्षक पढ्दै गरेको पत्रिका टेबलमा राख्तै भनें— “के कुरो दाइ ?”
उनले अनुहार चुर्मुस्याउँदै भने— “एइ किन दिन–दशो सप्रो चइँ भने त कस्सैले रीस गरेर सुदिन नघुराउन त खोइ सक्तो र’छ त ! झिँगाको सरापले डिँगा मर्दैन भन्ने भन्ने साश्रमा तेस्सै लेखिया रैन रछ नि तपइँको गोती, तेस्सै लेखिया रैन रछ साला ।”
मैले फेरि प्रश्न गरें— “कुरो के हो ?”
उनले च्याक्क मुख पढ्काएपछि भने— “हन हाम्री गउँथलीले पाकी छोरी, मेरी पइली नातिनी, हँसिनाले पनि इन्ड्याको आग्रामा एउडी छोरी र बम्बईको लइनमै एउडो छोरो पाइसकी भनेसि मेरो उमेर कति भन्ने हिसाप लाउन त अप्ठारो नहुनुपर्ने त अन्त ?”

मैले भनें— “के भनेको त्यो ?”
उनले आँखा कर्काउँदै भने— “मेरो उमेर तेसरी अन्नेज गरेर र मैले मेरो समाजसेवामा ल्या’की भख्खर तेर–चौद बर्खकी बइजन्तीमालालाई हेर्दै तपइँले के–के जाति छेट्खानी गर्या बिस्र्यौ ? तेसभन्दा पैलाकी म्यारी भन्ने केटी पनि मसित टुरिङ गर्ने, मसितै उठबस र खान्पीन गर्दा नि तपइँलाई नमुन परेको मैले लख काटिरथेँ । ती सप्पै पनि सोल्यात्तै बिस्र्यौ ? अब त झन केको डर !”
मैले केही भनिन ।

उनै भन्दै गए— “अब त जे गरे पनि, उइलेको राज्दर्बारका नातोका साँढे जस्तै चकचक मोच–मस्ती गरिहिने पनि नो मल्लप । ती क्या त उउउउ पस्सिउँ कन्चनपुर भीउँदत्त न’रकी निम्रला पन्थका जस्ता घटना आज पनि छन्, भोलि पनि हुन्छन् भन्र सोयाम् हामेरको बउमतको नेपका पाटीको सर्खारका गिर्रेमंत्री राम्बादुर थापा बादलबडै हुकुम भइसको । तेस्ता नाथे सस्यानु घटना घरी–घरी उरालेर काङरेस र राजावादी गर्ने र हामेरका गिर्रेमंत्रीलाई झसङ–झसङ पार्ने दिन गए अब । उइले पोख्राको सेती खोला गड्तिरको जंगलमा सुमिता भँडार्नी, नमिता भँडारनी र नीरा प्राजुली नामका तीनोटी भख्खर हुकेर्का केटीहर्लाई बलत्कारी कर्मको साङ्गे गरिसकेसि ज्यान छिनेर सेती खोलामा माच्छाको चारो बना’को हिस्टोरी त था होला नि ? तो कर्मकाण्डका राज्दर्बारका नाता–कुटुम्मै नाता कुटुम्मका खानपानले मटन मरेका लाठेहेरु इन्भल थे र कस्सैले केइ ख्यास्न सक्या थ्यो त ? अ‍ैले उबेलाको एउडो नारानहिट्टी नाथे जस्ता हज्जारउँ त किन भन्नु सइउँ नारानहिट्टी छन् हामेरकै हामेरका । तेसो भएसि तिनका खाइन्–पाइनले मटक मरेको देउते बोकाहर्को मेजर्टी पनि बढेकै छ । कि कसो त ? एसो ज्ञान–बिभेक लाइहेर त ।”

मैले भनें— “खै, मलाई था’ छैन ।”
उनले भने— “तिनै कुनै नून–भूसले काँदिएकाहेरुमद्देकै दुईचाडा चटारिएका बहर केटाहर्ले गरे होलान् उपद्रो र यो कुन बढी बात हो र ? निम्रलाको ज्यान अठार–अठार लाख रुप्पे दाम हामेरको गोरमेनले तिरिसको भनेसि फेरि किन किचकिच गरिराख्या त सम्मिर्दि हाँकिराख्या हामेरको गोरमेनको कान थोत्रा’र ? लु खाओ त खैती भन्र हामेरका गिर्रेमंत्रीले बाटो खोलिबक्सिनु भइसकेसि कुरो फिनिस्टि ग’न त ? सुनिता–नमिता पर्कर्णमा नारानहिट्टीको पर्खाल परहरीका अगाडि खडा भ’र खबर्दार गर्या हिस्टोरीको फरमुलामा कन्चनपुर भीडँन’रलाई बुज न, र्याइँमा ठ्याइँ मिलिहाल्छ । उस्तै त हो नि हओ, उइले जए देश–जए नरेश अ‍ैले नभनरेश ! नभ भन्या नयाँ–नुतन ।”
मैले भनें— “त्यसो भए अब तपाईंहरुले पनि …”

उनले जितेर भने— “कुरै नट् नि हओ, कुरै नट् । अब हाम्ले जे गरे नि कल्ले रोक्ने ? पप्पु कन्सरटक्सेन जस्तै त हम् नि हामेरु अ‍ैले । भन्ने भन्दै गर्छन्, लेख्ने लेख्तै गर्छन्, टेरे त थुक्क !”

मैले फेरि के भन्न आँट्तैथेँ उनैले भने— “अब फेरि बजारमा साकसब्जी र फालफूलको मुगी घट्ने भइगो क्यारे । अस्ति इन्ड्यान स्याइटेहेरु काटमाडुँ आकाथेँ र मलालाई पनि सरसल्ला–मतो गर्न आउनु भन्र फुन आइरथ्योँ ‘तिमेरै सल्टाओ हए के–के पोरबेलेम छ । अब चाँडै इन्ड्यान प्राइमिस्टर बूढा नर्यान्र मोधी काटमाडुँको नेपाल भर्मनमा आइराख्या छन् । अ‍ैले मेरो ढाड दुख्तैछ, अ‍ैले म नआए नि तेसबेलासम्मन ढाड निको होला र म अवस्से आउँछु । मोधीजीसंग दोडा बात मार्नुपर्ने पनि छ । मेरो छेत्रको एरिआमा एउडा पाटशाला र एउडा हेल्पोस् बनाइमाग्ने दोडा कुरा छ्यास्स राखेर म घुरिहाल्छु, मलाई लामो बस्ने फुर्सुत काँ छ र ! उइ मोधीजीले ‘बसम् हओ, सँगै फ्युरौंला— म डिल्ली घुर्छु, तपइँ भद्रपुर घुरौला’ भन्र हत्ते गर्लान् भन्ने मात्तै डर छ ।”
मैले सोधें— “पहिल्यैदेखि चिनजान हो ?”

उनले भने— “उनले चिन्या छन् कि छैनन् कोनि, म चइँ राम्रो चिन्छु । उइले हाम्रा बा गुज्राँत टुरिङमा जाँदा पत्रिका बाँट्ने पत्रकार गर्थे अरे मोधीजी भन्र मेरा बा भन्नुहुन्थे । हाम्रा बा गुज्राँती भुइँसी किन्न गुज्राँततिर टुरिङमा गइरहनु हुन्थे । तेसो त मलाई पनि उन्ले सिन्यार पत्रकार गर्ने बेक्त्तित्तोका रुपमा स्यूरली नै चिन्या होलान् । अ‍ैलेको हालमा त नचिनेर सुख्खै छैन नि । कस्तो कुरो सोध्या ?”

उनी भन्दै गए— “नचिन्या रछन् भने नि म काटमाडुँ पुगेसि चिनाइहाल्छु नि म को हूँ, मेरो पेस्टिच र महत्तो के छ, म सिन्यार कि उनी सिन्यार इत्तेदि खोजी–खबरी गर्न म नै उन्को डेरामा गइहाल्छु नि । मलाई कल्ले रोक्ने ?….र, अ‍ैले म तपइँबड फुटुँ होला पाँडे भाइ । मेरी बइजन्ती मेरामा भाडा बस्ने बोडिँगे सरसित मिरिक घुमन ग’की आज तीन दिन भो । ऊ घुरी र मलाई घरमा देखिन भने अर्की कोसित लागेछ भन्र नाक खुमच्याउन बेर लाउँदिन । कैले–काइँ गोस्सा हुँदाहुँदी मलाई छोडेर ती बोडिँगे सरकाइँ जान्छे र तेस रात म एक्लै पर्ने अनुभौ पनि छ मसित । अब अर्की कोरली समाचसेवा गर्न मकाँ नआउन्जेल–नभउन्जेल त दूद दिने गाईको लात्ती पनि स’नै परो क्यारे । इ मेरी बइजन्ती र सो–उक्त बोडिँगे सरजी उता हिन्या भोलिबड मैले ऐंठनपानी थोप्पो खान पा’छैन ।

आफ्संग पोइसो होस् न खानु ! पढ्के झरीले मेची किनारको पत्रकार गर्ने काममा पनि सुकाउरो छ । तै उँधेरु घेरे भने भरेको छाकदेखुन् फेरि झ्याप हुने चानस् हुन्छ भन्ने मेरो इस्टमेट नि । ती बोडिँगे सरले मलाई डेल्लीका डेल्ली झ्याप पार्ने गर्छन् । सारै गुनिला छन् ती सर । बइजन्तीकै जात र कुलधर्मका व्याक्ति हुन् । एत्रा–एत्रा तिर्धा र एत्रो गर्दन भका ख्याल पोटिला छैनन् । बइजन्ती सारै मुन पराउँछे । र, बइजन्ती तेतै बिज्जी हुने फइनल भो भने म आर्कै सोचुभ्ला । आफ्नै बउमतको भेजर्टीवाला सर्खार पाओरमा भइराख्या ट्याममा र आफ्ना गिर्रेमंत्रीले बाटो ओपिन गरिसक्या छन् भने केको ट्यान्सिन होइन्त ?”
मैले उनको गर्विलो अनुहारमा हेर्दै मनमनमा भनें— “जो छन् तिनै छन् नै यस्ता भएपछि मरिएन त ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here