कलामा अर्जुनधारा जलेश्वरधाम

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

अर्जुनधारा धामलाई पूर्वको पशुपतिनाथको रुपमा चिनिन्छ । विभिन्न पर्वहरुमा विभिन्न कठिनाइका कारण पशुपतिनाथ धाम काठमाडौंसम्म पुग्न सकिँदैन । तसर्थः पूर्वी नेपाल तथा भारत समेतका तिर्थालुहरु तीर्थाटनका लागि अर्जुनराधा धाममा आउने गर्दछन् । यस धामलाई ‘अर्जुनधारा जलेश्वरधाम’ पनि भनिन्छ ।

अर्जुनधारा जलेश्वरधाम, महाभारत कथाका एक कुशल पात्र ‘अर्जुन’सँग सम्बन्धित छ । महाभारतकालमा पाण्डवहरु वनबासका लागि लुकेर बस्दा कौरब पक्षले पत्ता लगाई पाण्डवहरुले पालेका गाईहरु कौरबहरुले लुटेर लगेका थिए र पाण्डव पक्षका अर्जुनले कौरबहरूसँग युद्ध गरी ती गाईहरु फिर्ता ल्याउन सफल भएका थिए । धेरै लामो बाटो तय गर्नुपरेकाले गौमाताहरु अत्यन्तै तिर्खाएकाले अर्जुनले जलदेवता भगवान शिवको आराधना गरी जमीनमा प्रर्जन्य अस्त्र (पानी निकाल्ने यन्त्र, वाणको माध्यम)ले पानी निकालेको कथन छ । अर्जुनले तिर्खाएका गौमाताहरुलाई पानी खुवाए । गौमाताहरुलाई पानी ख्वाउन यस ठाउँको जमिनबाट अर्जुनले पानी निकालेकाले यस धामको नाममा जलेश्वर पनि गाँसिएको कथन छ ।

तसर्थः अर्जुनले जलधारा निकालेकाले ‘अर्जुनधारा जलेश्वरधाम’ नाम रहन गएको हो । अर्जुनधारा जलेश्वर धाम क्षेत्र या परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरीको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति (प्रतिमा) स्थापना गरिएको छ । जुन निकै अद्भूत, जीवन्त र सुन्दर लाग्दछ । सात कुने उक्त पोखरीको दक्षिणतर्फ पञ्चधातुबाट निर्मित पाँचवटा धाराहरू पनि छन् । जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न प्रजातिका रङ्गी–बिरङ्गी माछाहरू विचरण गरिरहेका देखिन्छन् । यी सबको मेलले अर्जुनधारा जलेश्वर धामको महिमा देश विदेशसम्म पैmलिएको छ । यहाँ विशेषगरी साउनको सोमबार, शिवरात्री, बालाचतुर्दशी पर्वमा ठूलो धार्मिक मेला लाग्दछ । यति मात्र होइन विभिन्न तिथिमितिहरुमा पनि भक्तालुहरुको घुइँचो लाग्दछ ।

अर्जुनधारा जलेश्वरधाममा संस्कृत, वेद विद्यालय सञ्चालित भई वैदिक ज्ञान, विद्या तथा शिक्षा प्रवाह समेत भइरहेको छ । यो धाम झापा जिल्लाको बिर्तामोड शहरबाट उत्तरतर्पm रहेको शनिश्चरे बजारबाट थोरै पश्चिमतर्फ शान्त तथा रमणीय वातावरणमा अवस्थित छ । बस, ट्याक्सी, अटो, सिटीसफारी, मोटरसाइकल आदि चढेर यहाँ पुग्न सकिन्छ । पैदल आउने तीर्थालुको लर्को पनि कम छैन । अर्जुनधारा जलेश्वरधामलाई धामको रुपमा विकास गराउन धेरै जनाको योगदान रहेको कुरा पनि बिर्सन सकिँदैन । यस ठाउँ पर्यटकीय स्थलको रुपमा पनि विकास भएको छ । बिदाका दिनमा विद्यार्थी लगायत आम सर्वधारण बाक्लै रुपमा आउने गर्दछन् ।

प्रसङ्ग हो कलामा अर्जुनधारा जलेश्वरधाम । हुन त भक्तजन तथा पर्यटकहरुले यहाँ आएर धेरै फोटो, भिडियोहरु खिचे होलान् । सामाजिक सञ्जालमा साझा पनि गरे होलान् । घरका भित्ताहरु सजाए होलान् । धेरै कलाकारहरुले पनि त्यसै गरे होलान् । यसै मेसोमा अर्जुनधारा जलेश्वरधामलाई कलामा समेट्ने काममा एक नेपाली फिल्म टिम सफल भएको देखिएको छ ।

किनभने फिल्म टिमले खिचेका दृष्यहरु अति नै गुणस्तरीय र अब्बल देखिएका छन् । फिल्म टिमले फिल्मको एउटा गीतमा अर्जुनधारा जलेश्वरधामको पुरै परिसरलाई निकै कलात्मक शैलीमा समेटेको छ । जसलाई युट्यूबमा करोडौँ दर्शक तथा श्रोताहरुले हेरेका र सुनेका छन् । यसको लोकप्रियता अभैm पनि कायम नै छ । एकवर्ष अघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जय भोले’का लागि एउटा गीत अर्जुनधारा जलेश्वरधाममा छायांकन गरिएको हो ।

गीत (म्यूजिक भिडियो) निर्माण पक्षले ठूलै मन र लगानीले छायांकन गरेको देखिन्छ । आकाशबाट समेत डूोनले दृष्य खिचिएको छ । जसले गर्दा अर्जुनधारा जलेश्वरधामलाई आकाशबाट हेर्दा कस्तो देखिन्छ भन्ने जिज्ञासा मेटाइदिएको छ । आकाशबाट हेर्दा धाम अति नै सुन्दर देखिएको छ । गीतका लागि दृष्यहरु धामको विभिन्न कोणबाट खिचिएको छ । जसले गर्दा अर्जुनधारा जलेश्वरधाम परिसरमा कस्ता कस्ता संरचनाहरु रहेका छन् भनेर पनि देख्न पाइन्छ । गीतमा नृत्य गर्नेहरुको संख्या धेरै देखिन्छ । नृत्य संयोजन, निर्देशन तथा कोरियोग्राफी आदि निकै उत्कृष्ट लाग्दछ । निकै अब्बल स्तरको प्रविधियुक्त क्यामेराले छायांकन गरिएको हुनुपर्छ ।

सो गीत (म्यूजिक भिडियो)मा अर्जुनधारा जलेश्वरधाम हेरेर धेरै तीर्थालु तथा पर्यटकहरु आकर्षित भएको दाबी गर्न सकिन्छ । धाम समितिले उक्त फिल्मका लागि गीत छायांकन गर्न दिएर रामै्र गरेको भन्न सकिन्छ । फिल्म निर्माण पक्षले अर्जुनधारा जलेश्वरधामलाई माया गरी फिल्मका माध्यमबाट धामलाई संसारभरी उजागर गरेकामा धन्यवाद दिनै पर्दछ । अरुभन्दा पनि म्यूजिक भिडियोको कलापक्ष र स्तरलाई वाह ! भन्नै पर्दछ । गीतमा नृत्य प्रस्तुति गर्ने नायक, नायिका तथा कलाकारहरुले सायदै फेरि यतिको स्तरीय गीतमा नाच्ने अवसर पाउँदा हुन् ।

यस पंक्तिकारले युट्यूबमा भेटिएको उक्त म्यूजिक भिडियो हेरेको आधारमा प्रभावित भै स्वतन्त्ररुपमा केही शब्द लेखेको हो । दर्शक, श्रोताहरुले ‘पानीले फिर्र्के फिर्केले फनफन घट्ट घुमाकै हो, फुलबुट्टे चोली कान्छीको बोली’ बोलको फिल्मी गीतलाई हेरेर अर्जुनधारा जलेश्वर धामबारे अझ धेरै जान्न सक्ने छन् । तर, फेरि–फेरि कुनै टिमलाई अर्जुनधारा जलेश्वर धामलाई यस्तै उद्देश्यका लागि क्यामरामा कैद गर्न अनुमति दिँदा गुणस्तरीयतालाई चाहिँ ख्याल गर्नै पर्दछ । जय अर्जुनधारा जलेश्वरधाम ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here