रोजिनको स्मृतिमा कविता प्रतियोगिता

0
851

शिवसतक्षी।

शिवसताक्षीको व्याङ्गडाँडा स्थित चेतना माध्यमिक विद्यालयमा रोजिन स्मृति प्रतिष्ठानको आयोजनामा खुल्ला अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ज्योफ्रि अंग्रेजी स्कूलका जेनिस लामिछाने प्रथम, धु्रवतारा आवासीय माध्यमिक विद्यायलकी छात्रा समिक्षा राई द्वितीय र बालनिकुञ्ज माध्यमिक विद्यायलका छात्र साइमन खड्काले तेस्रो भएका छन् । त्यस्तै खुल्ला कविता प्रतियोगितामा विवेक निशानी प्रथम, प्रचुर अभाव द्वितीय र डिल्लीराम परेदशी र संगीता कोइरालाले तेस्रो भएका छन् ।

कार्यक्रममा शिवसताक्षी भित्रका विद्यालयमा एसईई परीक्षामा प्रथम हुने भानु माध्यमिक विद्यालयका विनायक निरौला, सृष्टी रिजाल र प्रेरणा चौधरीलाई जनही सात हजार पाँच सय रकमसहित पुरस्कृत गरिएको आयोजकले जनाएको छ । त्यस्तै चेतना माध्यमिक विद्यालयमा प्रथम श्रेणीमा उत्तीर्ण हुने कृषा चोम्वाङलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रयोगबादी कवि अभागी थेगुवा, विवश भलिभद्र कोइराला, मुनाराज शेर्मा, केशव आचार्य, श्याम सिंघक, भुटानका कवि तिलकराज राई, लिला अनमोल, सेलिङ केसी लगायतले साहित्यिक रचना वाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here