चेलीबेटी बेचबिखन रोक्न एकजुट हुनुपर्नेमा जोड

२७ श्रावण २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

चेलीबेटी बेचविखनको स्वरुप बदलिएको परिस्थितिमा सचेतता जगाएर चेलबेटी बेचबिखन रोक्न एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

गरामनीको दुर्गा माविमा आयोजित कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा दुर्गा माविमा अध्ययनरत् छात्राहरू र स्थानीय महिलाहरुलाई चेलीबेटी बेचविखनविरुद्ध सचेत रहन प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा माइती नेपालका प्रतिनिधि गोविन्द घिमिरेले अझै पनि नेपाली चेलीबेटीहरु भारतमात्रै होइन, खाडी, युरोप र अफ्रिकी मुलुकहरुसम्म नेपाली चेलीबेटीहरु बेचविखनमा परेको बताउँदै वैदेशिक रोजगारीको नाममा पनि केही चेलीबेटीहरु बेचिन बाध्य भएको दाबी गरे ।

कक्षा ८ देखि १२ सम्मका करिब एक सय ५० छात्राहरु सहभागी उक्त सचेतता गोष्ठीमा कसैको प्रलोभनमा नपर्न सुझाव दिइएको थियो ।

एकल महिला जागरण समूह झापाकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका–९ की वडाध्यक्ष पवित्रा पाठकले पनि दिदीबहिनीहरु आफै सचेत भएर समाजमा जागरण ल्याउन पहल गर्नुपर्ने बताइन् ।

त्यस्तै बिर्तामोडकी संगीता सिवाले नेपाली चेलीबेटीहरु स्वदेशमै आत्मनिर्भर रहने कोशिस गरेमा बेचबिखनमा नपरिने बताइन् । कार्यक्रममा चेलीबेटी बेचविखनविरुद्ध एक्यबद्धता प्रकट गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता माइनसप्लस संग्रौलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here