आगलागीबाट ६५ लाखको क्षति

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

घोराही ।

दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभयो ।

विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here