सानो नेते खोलामा नवनिर्मित पक्की पुलको उद्घाटन

0
691

अर्जुनधारा।

झापाको अर्जुनधारा–१ सानो नेते खोलामा नवनिर्मित पक्की पुलको उद्घाटन गरिएको छ ।

छिमेकी स्थानीय तह रोङ गाँउपालिकासँगको साझेदारीमा गत असार १५ गते निर्माण सम्पन्न भएको उक्त पुलको पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेका थिए ।

निर्माण उपभोक्ता समितिका अनुसार गत चैत ८ गते सम्झौता भई निर्माण शुरु भएको उक्त पुलको जम्मा लागत जनसहभागितासहित ६७ लाख २१ हजार आठ सय २८ रुपैयाँ रहेको छ । पुल निर्माण गर्न नगरपालिकाबाट तीस लाख, गाँउपालिकाबाट २० लाख र प्रदेश निर्वाचन क्षेत्र इलाम १ ‘ख’बाट १० लाख रुपैयाँ विनियोजन भएको थियो ।

समितिका अध्यक्ष महेन्द्रकुमार बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, अर्जुनधारा–१का वडाध्यक्ष गजाधर खतिवडा, २का वडाध्यक्ष रघुनाथ खनाल, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र तामाङ, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

निर्माण अनुगमन समितिका रुद्र प्रधानले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समितिका सहसचिव मिलनकुमार श्रेष्ठले गरेका थिए । पुल निर्माण भएपछी अर्जुनधारा–१र२सँगै ईलामको दक्षिणी भेगमा पर्ने रोङ गाँउपालिका र सूर्योदय नगरपालिकामा बसोबास गर्ने स्थानीयहरुलाई सहज हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here