काठमाडौँ, 
बलिउडका चर्चित अभिेनता अक्षय कुमार सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा परेका छन् ।
फोर्ब्सले विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने सय सेलिब्रेटीको नाम सार्वजनिक गरे अनुसार यो सुचिमा धेरै कमाइ गर्ने सेलिब्रेटीमा अक्षय कुमार पर्न सफल भएका हुन् ।
तर फोर्ब्सका अनुसार यस वर्ष बलिउडका सुपरस्टार सलमान खान सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीबाट बाहिरिएका छन् ।
शाहरुख खान लगातार दुई वर्षदेखि सूचीमा अटाउन सकेका छैनन् । फोर्ब्सका अनुसार सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीमा अमेरिकी गायिका टेलर स्विफ्ट पहिलो स्थानमा रहेकी छन् । उनले बिस अर्ब बिस करोड ८० लाख रूपैयाँ आम्दानी गरेकी छन् ।
त्यस्तै काइली जेनर दोस्रो र कान्ये वेस्ट तेस्रो स्थानमा पर्न सफल भएका छन् । फोर्ब्सका अनुसार त्यस्तै सर्वाधिक कमाइ गर्ने खेलाडीको पाँचौ स्थानमा मेस्सी परेका छन् ।


























