६ केजी गाँजासहित पक्राउ

0
654

बिर्तामोड।

प्रहरीले छ किलो ग्राम गाँजासहित एक जनालाई सुनमाईबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका –४ निवासी २२ वर्षीय सुरेन तामाङ रहेका छन् । उनलाई प्रहरीको विशेष टोलीले मे१च ६६८५ नम्वरको टाटा सुमो गाडीमा लुकाएर इलामबाट झापातर्फ गाँजा ल्याउँदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here