‘श्रम डेस्कमा राजनीति छैन’

२० माघ २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड,

बिर्तामोड नगरपालिकाले बनाएको श्रमिक सञ्चालन कार्यविधि २०७५ संसोेधन गरिनुपर्ने माग राख्दै साना निर्माणकर्मी संघ झापाले बिर्तामोड नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

नगरपालिकालेपनि सोमवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्य विधि र श्रम डेस्कबारे सञ्चार माध्यममा आएका कुरा वारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

साना निर्माणकर्मी संघका अध्यक्ष राजु राजवंशी सन्तोषको नेतृत्वमा गएको निर्माणकर्मीको टोली नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई ज्ञापन पत्र वुझाएको हो । ज्ञापनपत्र बुझाउँदै निर्माणकर्मी संघ झापाका अध्यक्ष राजवंशीले कार्यविधिका कारण स्वतन्त्र रुपमा व्यवसाय गरिरहेका साना निर्माणकर्मी समस्यामा परेको बताएका थिए । ज्ञापनपत्र वुझाउँदै अध्यक्ष राजवंशीले कार्यविधि तत्काल सम्बोधन हुनुपर्ने, दर्ता तथा नवीकरणमा ट्रेड युनियन मार्फत आइज भन्ने प्रावधान तत्काल हटाउनु पर्ने, आप्रवासी ठेकेदारलाई तत्काल कारवाही गनुर्् पर्ने माग गरेका छन् ।
श्रम डेक्समा साना निर्माणकर्मीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, व्यवसाय अनुमति पत्र दर्ता तथा नविकरण सहज हुनु पर्ने, स्वतन्त्र रुपमा व्यवसाय गर्नेलाई सहज सेवासुविधा दिनु पर्ने, निर्माणकर्मी र मजदुरको व्यवसायिक सीप र क्षमता अभिबृद्धिका कार्यक्रमहरु समान सञ्चालन गर्नुपर्ने र मजदुर र व्यवसायीलाई एउटै भाडोमा हाल्न नहुनेलगायतका माग अघि सारेका छन् ।


यता नगरपालिकाका प्रशासन प्रमुख तथा श्रमिक हितकोषका सचिव समेत रहेका देवराज कार्कीले नेपाल सरकारले पास गरेको श्रम ऐन लाई सेण्डिकेट भन्न नमिल्ने बताए । ‘स्वतन्त्र व्यक्ति हुन्छ’ कार्कीले भने ‘तर, संस्था स्वन्त हुँदैन ।’ सवै नागरिकले ऐन कानुन मान्नु पर्ने बताउँदै कार्कीले भने ‘श्रम कार्यालयमा गएर टे«ड युनियनमा दर्ता गर्नुस् ।’
नगरपालिकाका प्रमुख शिवाकोटीले बिर्तामोड नगरको श्रम ऐन उत्कृष्ट भएको दावी गरे । ‘केही त्रुटि भएको भए व्यवसायी र नगरपालिका प्रतिनिधि वसेर समाधान गर्न सकिने छ’ उनले भने । श्रम ऐन कानुनमा रहेर निर्माण व्यवसायी र श्रमिकको हितमा हुने कार्यविधि बनाउने नगर प्रमुख शिवाकोटीले आश्वासन दिएका छन् । समस्या समाधानका लागि संघका तर्फबाट कृष्ण भट्टराई, श्याम बस्नेत, संघका अध्यक्ष राजवंशी र नगरपालिकाका प्रतिनिधिवीच छलफल गरिने भएको छ ।
यसैबीच नगरपालिकाले पत्रकार सम्मेलन गर्दै श्रम डेस्कमा राजनीति नभएको जनाएको छ । श्रमिक हित कोषका उपाध्यक्ष यज्ञप्रताव अधिकारीले बिर्तामोड नगरपालिकामा कुनैखाले राजनीति हावी नभएको दावी गरे । उनले श्रम श्रम ऐनमा व्यवस्था भएअनुरुप नै कार्यविधि वनेको र कार्यविधिमा व्यवस्था भएअनुसार कसैलाई भेदभाव नगरेको बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here