मन्टेश्वरी एशोसिएशनद्धारा अतिरिक्त क्रियाकपाल

२६ माघ २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

मन्टेश्वरी एशोसिएशन अफ झापाको आयोजनामा विर्तामोडमा जिल्लास्तरीय चित्रकला ,स्पेलिङ टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा झापाका १५ वटा मन्टेश्वरी स्कूलमा अध्ययनरत् ६० जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा ,स्पेलिङ टेस्टमा कक्षा युकेजीवाट दुई –दुई जना र चित्रकलामा कक्षा युकेजीवाट दुई –दुई जना बिद्यार्थी गरी ६० जनाको सहभागिता रहेको थियो ।

मन्टेश्वरी एशोसिएशन अफ झापाका अध्यक्ष रामकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वालसंसार मन्टेश्वरी स्कूल विर्तामोडका प्रिन्सिपल गंगा वस्नेतले स्वागत तथा कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एक–एक वटा मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन स्मार्ट मन्टेश्वरी स्कूल हल्दीवारीका प्रिन्सिपल आइतराज लिम्बूले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here