राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश खारेज

१२ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ ।

ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि’ (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here