बाह्रदशी र दमकमा कोरोना संक्रमित देखिँदा शिवसताक्षीमा कडाइ

0
700

विनोद सापकोटा/ झापा,

झापाको बाह्रदशी र दमकमा कोरोना भाइरसको संक्रमण देखिएपछि शिवसताक्षी नगरमा लकडाउन थप कडा बनाइने भएको छ । उध्योग वाणिज्य संघको समन्वयमा दिउसो १२ बजे देखि २ बजे सम्म पसल खुल्ला गर्ने निर्णय भएको थियो । बजारमा सर्वसाधरणको अस्वभाविक भिड बढेपछि अब २४ सै घन्टा पसल बन्द गर्ने निर्णय भएको नगर प्रमुख चन्द्रकुमार सेर्माले बताए ।

शिवसताक्षी नगरपालिकाद्धारा गठित नगर स्तरीय सर्वदलिय समन्वय समितिको बैठकमा अधिकाँस सहभागीले बाह्रदशी र दमकमा कोरोना भाइरसको संक्रमित फेला परेपछि पालिकालाई थप सतर्कता अपनाउन सुझाव दिएका थिए । ‘अब शिवसताक्षीको सवै बजारका कुनैपनि पसल लकडाउन अवधिभर खुल्दैनन्,’ नगर प्रमुख सेर्माले भने ।

शिवसताक्षीमा लकडाउनको अवज्ञा गरे अब प्रहरीले कानुनी कार्वाही गर्ने बताएको छ । लकडाउनको अवज्ञा गरे प्रहरीले मुलकी फौजदारी आचार संहिताको २०७४ परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, नैतिकता विरुद्धको कसुरमा कार्वाही गर्ने भएको हो । यो परिच्छेदको दफा १०४ मा सङ्क्रामक रोग फैलाउन नपाइने व्यवस्था छ । यो दफामा नियत पुर्वक वा जानिजानी गरेको भए १० वर्ष सम्म कैद र १ लाख जरिबाना हुने व्यवस्था छ । लार्पावाहि पुर्वक गरेको भए ५ वर्ष सम्म कैद र ५० हजार जरिवाना र हेल्चेक्रर्इँ पुर्वक गरेको भए ३ वर्ष कैद र ३० हजार जरिबानाको व्यवस्था छ ।

परिच्छेद ६ कै दफा १०६ मा सरुवा रोग सम्बन्धि कानुनको उल्लङ्घन गर्न नहुने अर्को व्यवस्था छ । कसैले तीनै तहको सरकारले सरुवा रोग को लागि जारी गरेको आदेश, नियमको उन्लघन गर्नु नहुने व्यवस्था छ । यस्तो कसुर गर्ने वा गराउनेलाई ६ महिना सम्म कैद र ५ हजार जरिबाना हुने व्यवस्था छ । यो व्यवस्थामा कसैको ज्यान जाने गरी गरेको भए दफा १०४ बमोजिक सजाँय हुने व्यवस्था छ ।

यो संगै अब शिवसताक्षीमा लकडाउनको अवज्ञा गरे प्रहरीेले पक्राउ गरि कार्वाही गर्ने इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । सोमबार मात्र संघिय सरकारको गृह मन्त्रालले लकडाउन थप कडाइ राख्न जिल्ला प्रशासन कार्यलयलाई पत्रचार गरेको थियो ।

शिवसताक्षीमा नगर प्रवेश गर्ने जो कोहिका लागि पालिकाले दुई ठाउमा हेल्थ डेक्स राख्ने पनि बैठकले निर्णय गरेको छ । पुर्वपश्चिम राजमार्गकोे माईधार र धरमपुरमा हेल्थ डेक्स राख्ने भएको शिवसताक्षी नगरपालिकाको सुचना शाखाले जनाएको छ । दुवै ठाँउमा मंगलबार देखी स्वास्थ्यकर्मी परिचालित हुने छन् ।

बैठकमा दोश्रो चरणको राहत वितरणलाई प्रभावकारी बनाउन नयाँ नियम अपनाइएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने परिवार, सरकारी तथा गैर सरकारी संघ सस्थामा कार्यरत कर्मचारी, आफ्नो वा अरु कसैको जग्गा बन्दकी, अधियाँ, ठेक्का वा लिजमा लिने परिवारलाई दोश्रो चरणमा राहत नदिने निर्णय भएको छ ।

यस्तै कृषि मजदुरलाई जग्गाधनीले नै राहत व्यवस्था गर्नुपर्ने बैठकमा निर्णय भएको सुचना अधिकारी प्रकाश चौधरीले बताए । यस्तै बैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई पनि राहत नदिने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here