‘विषम् परिस्थितिमा सरकार र जनतासँगै छन् कर्मचारी’

0
1317

 

रेवन्त गौतमः महासचिव,नेपाल निजामति कर्मचारी संगठन

मुलुकमा देखिएको यस्तो विषम् परिस्थितिमा १७ बु“दे माग राख्दै अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाउनु भएछ नि के–का लागि हो ?

– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटलाई स्वागत गर्दै हामी कर्मचारीका लागि र राष्ट्रका लागि फाइदा पुग्ने गरी सुझावसहितका १७ बुँदे मागसहित ज्ञापनपत्र मन्त्रालयलाई बुझाएका हौं । हामी कर्मचारीले सरकारसँग सँधै माग्ने मात्र होइन, हामी मगन्ते होइनौं, हामीले यसपटक सरकारलाई सुझावसहित केही कुरा बजेटमा समावेश गरिदिन आग्रह मात्रै गरेका छौं ।

बजेटमा के–के कुरा समेटियो भन्ने अपेक्षा गर्नु भएको छ ?

– संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मूलधारका साथ बिगत ३० वर्षदेखि संस्था क्रियाशील छ । संगठनले आमकर्मचारीहरुको सेवाको सुरक्षा र सार्वजनिक प्रशासनको सवलीकरण गर्दै आम जनताका लागि गरिने सेवालाई प्रभावकारी बनाउने दिशामा निरन्तर आवाज उठाइरहेको छ । अहिले पनि विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको विरुद्ध हाम्रो देशपनि लडिरहेको छ । यस महामारीलाई परास्त गर्न हामी सबैको सहयात्रा हुन जरुरी देखिएकाले सरकारसँग हामीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रत्यक्षरुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न र खटिएको अवधिका लागि विशेष भत्ताको व्यवस्था गर्न मात्रै भनेका छौं । जनताको स्वास्थ्य सेवामा सहज पहुँचका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरुले कार्यसम्पादनमा सहजता ल्याउन देशभरका स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास, स्तरोन्नति र सेवा विस्तारका लागि विशेष कार्यक्रमसहितको बजेट बिनियोजन गर्न भनेका छौं । राष्ट्रिय अर्थतन्त्रमा परेको नाकारात्मक प्रभावलाई सुधार गर्न तीन तहका कर्मचारी नेपाली सेना, नेपाल प्रहरी, शिक्षक लगायत वित्तीय संघसंस्थामा कार्यरत् सबै तहका राष्ट्रसेवकहरुले लगाउने पोशाक स्वदेशमै उत्पादन गर्न उद्योग सञ्चालन गर्नु पर्ने र उद्योगबाट उत्पादित कपडा अनिवार्य रुपमा लगाउने नीति ल्याइयोस् र आवश्यक परेको खण्डमा कर्मचारीको एक वर्षको पोशाक भत्ता उद्योगमा शेयरको रुपमा लगानी हुने व्यवस्था मिलाउने लगायतका १७ बुँदे सुझावपत्र अर्थमन्त्रालयलाई बुझाएका हौं ।

श्रम अभ्यासको पनि कुरा छ नि, के हो श्रम अभ्यास ?

– जनतासँग राष्ट्रसेवक कर्मचारी कार्यक्रम सञ्चालन गरी हरेक राष्ट्रसेवक कर्मचारीहरुले महिनामा एक दिन विकास निर्माण योजनामा अनिवार्य श्रम गर्नु पर्ने नीति बनाइयोस् भनिएको हो । यसो गर्दा कर्मचारीहरुको पनि विकास निर्माण लगायत योजनामा अनिवार्य श्रम रहन्छ । कर्मचारीहरु पनि यो कार्यमा प्रत्यक्षरुपमा सहभागगी हुने भएकाले हामीले यसलाई श्रम अभ्यास भनेका हौं । श्रम अभ्यास मात्र होइन हामीले बुझाएको ज्ञापन पत्रमा हाइड्रो सञ्चालन, पर्यटन प्रवद्र्धनका लागि देशदर्शन कार्यक्रम, मुटु, मृगौला, क्यान्सर, हेड इन्जुरी जस्ता जटिल र गम्भीर प्रकृतिका रोग लागेका निजामति कर्मचारी र निजका परिवारलाई निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने समेत माग गरेका छौं ।

विपद्को यो क्षणमा चाहि“ के गर्दै हुनुहुन्छ नि ?

– नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण पालना गर्ने र गराउने पक्षमै हामी कर्मचारीहरु लागेका छौं । अत्यावश्यक सेवा प्रवाहको कार्यक्रममा सरिक छौं र लकडाउनको यो समयमा पनि सेवा दिन हामीले कञ्जुस्याइँ गरेका छैनौं । विभिन्न समयमा संगठनको तर्फबाट विपद्को यस्तो क्षणमा सरकालाई सहयोग पु¥याएका छौ नि । यो बेला पनि सरकारले घोषणा गरेको राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका छौं । बाजुरा, बाग्लुङ, इलाम, दैलेख जस्ता जिल्लामा संगठनका पदाधिकारीहरुले विदेशबाट आएकाहरुलाई खाना खुवाउने जस्ता कार्यक्रम सञ्चालन गरेका छन् । यो सह्रानीय काम हो । जनतासँग सहकार्यमा देशमै उत्पादकत्व बढाउने खालका कार्यक्रम सञ्चालनका लागि समेत संगठन अहिले सोचिरहेको छ । हामी कर्मचारीले देशमा जस्तोसुकै विषम् परिस्थिति आएपनि सेवा प्रवाहका कामलाई निरन्तर अघि बढाएका छौं ।

अन्त्यमा

– नेपाल निजामति कर्मचारी संगठन मात्र होइन, मुलुकमा कार्यरत् सबै कर्मचारीहरुलाई धैर्यताका साथ आ–आप्mना ठाउँबाट सेवा पु¥याउन आग्रह गर्न चाहन्छौं । संगठनले कर्मचारीको संरक्षणका लागि विशेष रणनीति अपनाएर कार्य सञ्चालन गरेपनि यसपटकको बजेटमा हामीले पेश गरेका सुझावलाई सरकारले सहर्ष ग्रहण गर्दै आर्थिक वर्षा ०७७÷०७८ को बजेटमा सबै राष्ट्रसेवकलाई उच्च मनोबलका साथ कार्यस्थलमा खटिई राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गरी कार्य सम्पादनमा उत्प्रेरणा प्रदान गर्न अनुरोध गर्दछौं । कोभिड –१९ लाई परास्त गर्दै समृद्ध राष्ट्र निर्माणमा सरकारले लिएको लक्ष्य र कार्यान्वयन गराउन हामी कर्मचारीको पनि उत्तिकै साथ रहने भएकाले हामी तत्तत् स्थानबाट सेवा प्रवाह गरौं । मेरो आग्रह छ ।                                               प्रस्तुति – सुरेन्द्र भण्डारी 

इ पेपर यहाँ पढ्न सक्नु हुन्छ ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/15-gate-pdf.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here