२०७७ जेठ १५ गते बिहीबारको राशिफल

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

मेष–हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ ।

वृष–बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ ।

मिथुन–व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

कर्कट–परिस्थितिवश आँटेको काम रोकिन सक्छ । खानपानको शोखले स्वास्थ्य पनि प्रतिकूल बन्न सक्छ । अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् ।

सिंह– प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

कन्या–पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । आफ्नो स्वामित्वका वस्तुमा भने अरूले दाबी गर्न सक्छन् ।

तुला–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला ।

वृश्चिक–आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ ।

धनु–केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ ।

मकर–आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ ।

कुम्भ-व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।

मीन–विभिन्न स्रोत–साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here