२६ श्रावण २०७०, शनिबार मा प्रकाशित

सुरुङ्गा,साउन २६ । सिटौला समाज सेवा झापाको आयोजनामा समाजको केन्द्रीय समिति मार्फत जिल्ला स्तरीय समिति गठन गर्ने सिलसिलामा झापाकाको सुरुङ्गामा क्षेत्रीय भेला सम्पन्न भएको छ ।
भेलाले सुरुङ्गा शरणामती, चकचकी, घैलाडुव्वा, शिवगञ्ज, सतासी, पाँचगाछी, कुमरखोद, टाघनडुव्वा, डाँगीवारी गरी दश गाविसवाट ख्यामराज सिटौला र हरी प्रसाद सिटौलालाई जिल्ला प्रतिनिधिका रुपमा छनौट गरेको छ । सोही भेलाले डिल्लीप्रसाद सिटौलाको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । शिवलाल सिटौलाको सभापतित्वमा भएको भेलामा जिल्ला प्रतिनिधि पारस सिटौला, डिल्लीराम सिटौला, भीम सिटौला लगायतले वोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।