२०७७ जेठ २६ गते सोमबारको राशिफल

0
564

मेष– परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ ।

वृष– पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

मिथुन– हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

कर्कट– अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । चुनौती देखिए पनि मेहनेत गर्दा फाइदा उठाउन सकिनेछ ।

सिंह– सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाब किताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

कन्या–बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला ।

तुला– निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्न सक्छ ।

वृश्चिक– अरूको फाइदाका लागि उपयोग भइएला । दाजुभाइमा असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला ।

धनु– आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।

मकर– अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ ।

कुम्भ– विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

मीन–अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला । समयको महत्वलाई ख्याल गर्नुहोला, मिहिनेतले पछि लाभ हुने काम सम्पादन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here