२०७७ जेठ ३१ गते शनिबारको राशिफल

0
613

मेष– काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला । अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ ।

वृष– परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला ।

मिथुन– मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कर्कट– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ ।

सिंह– लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला ।

कन्या– विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । मनोरञ्जनमा खर्च बढ्नेछ ।

तुला– परिस्थितिले आँटेका काममा बाधा पुर्याउन सक्छ । वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

वृश्चिक– सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् । तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् ।

धनु– थोरै भए पनि दिगो काम प्रारम्भ हुनेछ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।

मकर– प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन ्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पर्यटनमा रमाईएला ।

कुम्भ– अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

मीन– व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here