२०७७ जेठ ३२ गते आइतबारको राशिफल

0
775

मेष– परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ ।

वृष– बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मिथुन– अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ ।

कर्कट– निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

सिंह– साथीभाइसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । नियमित काम सम्पादन भए पनि सहयोगीहरू पछि हट्न सक्छन् ।

कन्या– आँटेको काममा पनि केही व्यवधान हुनेछ । प्रयत्न गर्दा भौतिक साधन जुटाउन सकिनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

तुला– अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । आत्मविश्वासको कमीले काममा पछि परिनेछ ।

वृश्चिक– शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । अरुले भन्नेको मान्दा राम्रो होला ।

धनु– आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन् । मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ ।

मकर– प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला ।

कुम्भ– लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् ।

मीन– पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । घुमफिरमा समय वित्ला ।

ज्ञज्ञज्ञज्ञज्ञज्ञ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here