मेष– मिहिनेत गर्दा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । तर, अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ ।
वृष– अरूको मुख ताक्ने बानीले चिताएको काम अधुरो रहनेछ । कमजोरीमाथि टिप्पणी हुने समय भएकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मिथुन– आलोचकहरू सक्रिय हुने समय छ, बोली–व्यवहारमा सजग रहनुपर्ला । मिहिनेतले फाइदा दिलाउनेछ ।
कर्कट– महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट पनि हुनेछ । तर, खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह– नजिकिएको विवादास्पद व्यक्तिले समस्या निम्त्याउन सक्छ । परिस्थितिवश विवादास्पद काममा अग्रसर हुनुपर्नेछ ।
कन्या– कूटनीतिक व्यक्तिको फन्दामा परिनाले फजुल खर्च हुनेछ । शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला ।

तुला – अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ । बनिसकेको काम दोहोर्याउनुपर्ला । समय दिन नसक्दा काम अधुरो रहनेछ ।
्
वृश्चिक– लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।
धनु– शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । साथीभाइको सहयोगले यात्रा हुनेछ ।
मकर– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ ।
कुम्भ– गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
मीन– दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।





























