२०७७ असार ४ गते बिहीबारको राशिफल

0
450

मेष– राम्रो समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

वृष– आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ ।

मिथुन– बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ । आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ ।

कर्कट– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

सिंह– सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कन्या– पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

तुला– बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ ।

वृश्चिक– परिवारजनबाट टाढा भइनेछ । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि पछि फाइदा हुने काम फेला पर्न सक्छ ।

धनु– चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । शुभचिन्तकहरूले उत्साह जगाउनेछन् ।

मकर– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

कुम्भ– गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मीन– दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here