२०७७ असार ९ गते मंगलबारको राशिफल

0
730

मेष– मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ ।

वृष– मध्याह्नपछि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । आफन्तहरू टाढिनेछन् । परिस्थितिवश फजुल खर्च बढ्न सक्छ ।

मिथुन– समयमा आलस्य गर्दा पछि धोका पाइनेछ । अर्थ संग्रहमा बाधा पुग्नेछ । लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन् ।

कर्कट– चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला । जिम्मेवारी पनि बढिरहनेछन् ।

सिंह– आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । मध्याह्नदेखि आयस्रोत बढ्नेछन् । अरूको मुख ताक्नाले काममा पछि परिनेछ ।

कन्या– श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ ।

तुला– चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ ।

वृश्चिक– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

धनु– कीर्तिमानी काम गर्ने समय छ । सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन् । व्यापारमा राम्रो फाइदा हुनेछ ।

मकर– अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । परिस्थितिले चुनौतीहरू निम्त्याउला ।

कुम्भ– गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मीन– काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here