२०७७ असार ११ गते बिहीबारको राशिफल

0
726

मेष– दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृष– आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ ।

मिथुन– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तले पनि उत्साह जगाउनेछन् । कामले समाजमा स्थापित बनाउन सक्छ ।

कर्कट– स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ ।

सिंह– शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । काम बन्नाले मनग्गे लाभ हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् ।

कन्या– व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् ।

तुला– अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

वृश्चिक– फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ ।

धनु– सन्तान वा अनुयायीले साथ दिनेछन् । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।

मकर– अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ । तापनि, शुभचिन्तकहरूको सहयोगले चिताएका सम्पादन गर्न सकिनेछ ।

कुम्भ– प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततः आफैंलाई फाइदा हुनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

मीन– लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव आवश्यक पर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here