२०७७ असार १८ गते बिहीबारको राशिफल

0
412

मेष– आजको दिन परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता आउन सक्ला ।

वृष– नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।

मिथुन– नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसपछि अनुकूल छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।

कर्कट– बन्दव्यापार र व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । कुनै देवालय, मठमन्दिर दर्शन, भ्रमण वा अवलोकन हुनसक्छ ।

सिंह– शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति पनि आउनसक्छ ।

कन्या– परिवारबाट सहयोग हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । यात्राको अवसर आउला ।

तुला– सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पनि उत्पन्न हुनसक्छ ।सभासमारोहमा सरिक हुने सम्भावना छ ।

वृश्चिक– मिश्रित प्रभाव रहेको दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक लाभदायक यात्राको योग छ ।

धनु– राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ ।

मकर– अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ ।

कुम्भ– व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

मीन– दीर्घकालीन लगानीले पिरोल्न सक्छ, प्रतिकूल समय छ । दिनको उत्तरार्द्धमा आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here