२०७७ असार २१ गते आइतबारको राशिफल

0
541

मेष– काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ ।

वृष– अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ ।

मिथुन– प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

कर्कट– रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ ।

सिंह– चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।

कन्या– व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।

तुला– नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । श्रम परे पनि मिहिनेतले अरूको उपकार गर्न सकिनेछ ।

वृश्चिक– बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।

धनु– अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ ।

मकर– परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ ।

कुम्भ– समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ ।

मीन– अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here