२०७७ असार २३ गते मंगलबारको राशिफल

0
823

मेष– आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा होला ।

वृष– काममा जग बसाउने मौका छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।

मिथुन– विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट– मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

सिंह– नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ । गुमेको धन प्राप्त होला ।

कन्या– पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् ।

तुला– स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

वृश्चिक– बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

धनु– स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ ।

मकर– फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ । समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन् । फाईदा जनक दिन देखिएको छ ।

कुम्भ– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा लगानी गर्ने समय छ ।

मीन– आजको दिन समग्रमा मध्यम देखिएको छ । जनानेको र नवुझेको कार्य मा हात नलगाउनु होला । कसैले नराम्रो काममा उक्साउन सक्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here