२०७७ असार २५ गते बिहीबारको राशिफल

0
612

मेष– मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ ।

वृष– शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । जीत हुने योग छ ।

मिथुन– मिहिनेत परे पनि नतिजा कमजोर देखिने समय छ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कर्कट– भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला । वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् ।

सिंह– आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला । शुभचिन्तकहरूको साथले फाइदा हुनेछ ।

कन्या– अवसर प्राप्त भए पनि सोख र मनोरञ्जनमा रकम र समय खर्च हुनेछ । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ ।

तुला– आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर, प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ ।

वृश्चिक– आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु– समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ ।

मकर– समय दिन नसक्दा काम रोकिन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ ।

कुम्भ– तत्काल फाइदा लिँदा भविष्यको लाभांशमा कमी आउनेछ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

मीन– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here