२०७७ असार २८ गते आइतबारको राशिफल

0
514

मेष– रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।

वृष– व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।

मिथुन– परिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ । कामको मेसो नमिल्दा पनि अलमल हुनेछ ।

कर्कट– समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

सिंह– गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ ।

कन्या– तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ ।

तुला– विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीका समस्या सुल्झनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

वृश्चिक– अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ ।

धनु– नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ ।

मकर– कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कुम्भ– सहयोगीहरूले हात झिक्नाले केही समःया भने बढ्न सक्छ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान् ।

मीन– काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ । धेरै बोल्दा समस्या आउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here