मेचीनगरमा चिकित्सकसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि

0
666

मेचीनगर ।

झापाको मेचीनगर नगरपालिकामा दोस्रोपटक समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको छ । केहीदिन अघि मेचीनगर— १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो ।

त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । ती मध्ये मेचीनग १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिनुभयो । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । बाकी ५ जनाको रिपोट आउन बाकी छ । बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । चिकित्सक सहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको बैठक बसेर थप निर्णय गर्ने बताइएको छ ।

यसअघि समुदायमा कोभिड १९ को सक्रमण देखापरेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको सम्पन्न बैठकले नगरका ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको र अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here