२०७७ असोज ३ गते शनिबारको राशिफल

0
995

मेष–चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ ।

वृष– स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

मिथुन– सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

कर्कट– परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।

सिंह– चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ ।

कन्या– चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

तुला– मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला ।

वृश्चिक– यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ ।

मकर– नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । काममा अधिक खर्च हुनेछ । नोक्सान हुने कार्यबाट जोगिनु होला ।

कुम्भ– चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।

मीन– मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here