२०७७ असोज १६ गते शुक्रबारको राशिफल

0
567

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । तर, स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । बेलामा होस नपु¥याउँदा केही चुनौति आउन सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मेहनतले लक्ष्यमा पु¥याउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मध्याह्नपछि आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

शुभचिन्तकहरू समेत टाढिएलान् । मेहनतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ । अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानी बढ्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले किर्तिमानी दिलाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here