२०७७ असोज २२ गते बिहीबारको राशिफल

0
609

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

हल्लाको पछि लाग्दा दुःख पाइनेछ । शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । यात्राको अवसर आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अध्ययनका लागि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मान मर्यादामा वृद्धि होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ । रोकिएका काममा भने दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहो¥याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचे जस्तो सहज नरहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । आफन्तबाट सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । लाभांश खर्च भए पनि व्यापार बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here