२०७७ कात्तिक ३ गते सोमबारको राशिफल

0
546

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । जटिल कामले लोभ्याउनेछ, तर खर्च पनि उत्तिकै लाग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पाउमा चोटपटक लाग्न सक्छ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । बलजफ्तीले पनि काम बिग्रन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर– छिमेकमा असमझदारी देखिएला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन् । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मेहनतले लक्ष्यमा पु¥याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पुरुषार्थी काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भेटघाटले काममा उत्साह बढाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here